संघीय र प्रदेशको चुनाव कात्तिक २७ र मंसिर १३ मा गर्ने प्रस्ताव
ठमाडौं- स्थानीय तह निर्वाचनको परिणाम आइनसक्दै संघीय र प्रदेशसभाको निर्वाचनको मितीका बारेमा छलफल सुरु हुन थालेको छ । हिजोको सत्ता गठबन्धनको बैठकमा यो विषयले प्रवेश पाएको नेताहरुले जनाएका छन् ।
स्थानीय चुनावमा गठबन्धन सफल भएकोले यसलाई निरन्तरता दिएर यथासक्य चाँडो निर्वाचन गराउने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ सकेसम्म असोज मै चुनाव गराउन सकिन्छ कि भनेर निकटहरुसाग परामर्शमा हुनुहुन्छ । तर निर्वाच्न आयोगले असोजमा संघीय र प्रदेशको चुनाव गराउन नसक्ने खबर प्रधानमन्त्री देउवालाई पठाएको छ ।
सत्ता गठबन्धनका माओवादी र एकिकृत समाजवादीले भने आगामी फागुन चैतमा चुनाव गर्ने विषयमा आन्तरिक परामर्श गर्न थालेको स्रोतले बताएको छ ।
निर्वाचन आयोगले चाँही आगामी कातिक २७ र मंसिर १३ गते दुई चरणमा संघ र प्रदेशको निर्वाचनको मिती प्रस्ताव गर्ने तयारीआन्तरिक तयारी थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले नै संघीय र प्रदेश निर्वाचनको मितीका बारेमा कुनै छलफल नभएको बताउनुभयो । यो बेलासँग कुरा गर्दै थपलियाले भन्नुभयो ‘यस विषयमा छलफल सुरु भइसकेको छैन । तर कातिकको अन्तिम हप्ता र मंसिरको दोस्रो हप्ता भित्र चुनाव गर्नुपर्छ भनेर हामी प्रस्ताव गर्छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #संघीय र प्रदेशको
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्