काठमाडौं महानगर अपडेट : एमाले र कांग्रेस ७-७ वडामा विजयी
काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७- ७ जना उम्मेदवार निर्वाचित भएका छन् ।
जसमध्ये वडा नं १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, ३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।
त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्