तारकेश्वर नगरपालिकाको पहिलो कार्यपालिका बैठक : के के भए पाँच महत्वपूर्ण निर्णय ?
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनले एकैपटक पाँच निर्णय गरेका छन् ।
यी हुन् पाँच निर्णयहरु :
१) लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आन्दोलन गर्ने शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै तारकेश्वर नगरपालिकाभित्रका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद प्रकट गरियो ।
२) २०७४ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिहरुप्रति धन्यवाद ज्ञापन गरियो ।
३) “एक घर, एक धारा” अचियानन सञ्चालन गरेर नगरबासीमा स्वच्छ खानेपानीको व्यवस्था गर्न तारकेश्वर नगरपालिका र संघ प्रदेशको सहयोगमा खानेपानीको अवधारणालाई पुरा गर्ने ।
४) करको दर घटाउने र करको दायरा फराकिलो बढाउँदै जाने ।
५) तारकेश्वरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्