वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल उपमेयरमा नीलकण्ठ खनाल विजयी
सुर्खेत– कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको हो ।
मेयरमा निर्वाचित मोहनमायाले १६ हजार ३८ मत पाइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । राप्रपाका मुकुन्दश्याम गिरीले ९ हजार ९८८ मत ल्याए ।
उपमेयरमा एमालेका निलकण्ड खनाल २० हजार ३६४ मत ल्याएर विजयी भए । माओवादी केन्द्रकी शान्ति ढकाल ११ हजार ५३३ मत ल्याएर हारिन् । राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६९७ मत पाइन् ।
१६ वटा वडा रहेको वीरेन्द्रनगरमा बहुमत वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन् । वडा नंं. १ मा दिनेश खत्री नेपाली कांग्रेस, वडा नंं २ मा गजबहादुर बूढा एमाले, वडा नंं ३ मा विनोदसिंह विष्ट एमाले, वडा नं. ४ मा शेरबहादुर केसी एमाले, वडा नं. ५ मा लोकबहादुर शाही एमाले, वडा नं. ६ मा जनकबहादुर रावल कांग्रेस, वडा नं. ७ मा ध्रुवकुमार चपाई कांग्रेस, वडा नं. ८ मा टीकाराम शर्मा एमाले, वडा नं. ९ मा ऋषि गिरी एमाले, वडा नं. १० मा डिलबहादुर रखाल एमाले, वडा नं. ११ मा खिमलाल देवकोटा एमाले, वडा नं. १२ मा चुडामणि चपाई एमाले, वडा नं. १३ मा दीपेन्द्रराज कोइराला कांग्रेस, वडा नं. १४ः देवबहादुर रोकाय एमाले, वडा नं. १५ मा कृष्णबहादुर थापा कांग्रेस र वडा नं. १६ मा डण्डबहादुर विश्वकर्मा एमाले उम्मेदवारहरू विजयी भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्