चितवनमा लागूऔषधसहित दुइ जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका वडा नंम्बर २ बस्ने २५ बर्षीया बिष्णु देव अधिकारी र काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नंम्बर ४ बस्ने २९ बर्षीया कृष्ण गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार
खैरहनी नगरपालिका ८ पर्साबजार चौबिसकोठीमा अवैधरूपमा लागूऔषध ओसारपसार एवं विक्रीवितरण हुने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाउँदै आएको थियो ।
निगरानी गरिरहेको प्रहरीले हिजो (बुधबार) राती साँढे आठ बजे पैदल हिडिरहेको अवस्थामा उनीहरुको शरीर खानतलासी गर्दा पक्राउ परेका मध्य कृष्ण गुरुङले लगाएको कट्टुभित्र, पाईन्टको भित्री भागमा र मोजा समेतमा लुकाईराखेको अवस्थामा दुई सय चालीस ट्यावलेट लागूऔषध नाईट्राजेपाम, र बिष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा सत्ताईस सय तीस ट्यावलेट लागूऔषध नाईट्राजेपाम र एघार सय चार क्याप्सुल औषधीजन्य ट्रामाडोल फेला परेको प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्