५५७ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ परिणाम
काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ७ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ५ सय ५७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ।
पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ४९ स्थानमा जित हासिल गरेको छ भने उसले ७२ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगरमा अग्रता लिएको छ। दोस्रो स्थानमा रहेको एमालेले एक उपमहानगर सहित १ सय ५९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले ४० ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले एक उपमहानगर जित्दै १ सय ४ ठाउँमा जित हासिल गरेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार झण्डै २७ हजार जनप्रतिनिधि चुनिएका छन्।
चौथो स्थानमा रहेको जनता समाजवादी पार्टीले १३ ठाउँको प्रमुख जित्दा १९ ठाउँमा अग्रता लिएको छ। यस्तै पाँचौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १३ ठाउँमा जितेको छ। समाजवादी पोखरा महानगर र हेटौंडा उपमहानगरमा अगाडि रहँदै अन्य ३ ठाउँमा अग्रस्थानमा छ। यसै गरी ७ ठाउँमा बागी र स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरमा एमाले र कांग्रेसका उम्मेदवार भन्दा दोब्बरले अग्रता लिएका छन्।
जनमोर्चाले चार ठाउँमा जितेको छ। यस्तै राप्रपाले २ ठाउँमा जित निकाल्दा २ ठाउँमा अग्रता लिएको छ। त्यसै गरी सिके राउतको पार्टी जनमत पार्टीले २ ठाउँमा जित निकालेको छ। रेशम चौधरीको पार्टी नागरिक जनमुक्तिले २ ठाउँमा जित निकाल्दा २ ठाउँमा अगाडि छ।
महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले १ ठाउँमा जित निकाल्दा १४ ठाउँमा अग्रता लिएको छ। यस्तै हृदयश त्रिपाठीको पार्टी तराइ-मधेश लोकतान्त्रिक पार्टीले १ ठाउँमा जित निकालेको छ। यसै गरी नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जितेको छ। नारायणमान बिजुक्छेले नेतृत्व गरेको यो पार्टीले भक्तपुरमा भारी मतान्तरले विजयी भएको हो। भक्तपुर नगरपालिकामा सुनिल प्रजापतिले जित्दा अरु सबै उम्मेदवारको जमानत जफत भएको थियो। यस्तै विवेकशील साझा पार्टीले एक ठाउँमा अग्रता लिएको छ। उसले अहिलेसम्म खाता खोल्न सकेको छैन्।
वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा ६५ दलका उम्मेदवार र स्वतन्त्र सहित १ लाख ४५ हजार उम्मेदवार मैदानमा छन्।
ती मध्येबाट ७ सय ७३ स्थानीय तहमा ३२ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन्।
क्याटेगोरी : समाचार
ट्याग : #५५७ पालिकाको नतिजा, #स्थानीय निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्