Techie IT
आईतबार, कात्तिक ९,२०८३

कांग्रेस नेता सिटौलाको वडामा एमालेका खड्का निर्वाचित


 

 

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको वडामा कांग्रेस पराजित भएको छ। सिटौलाले मतदान गरेको भद्रपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा एमालेले जित निकालेको हो।

एमालेका वडा अध्यक्ष टेकबहादुर खड्काले १४ सय ८० मत ल्याउँदा कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गरे। राप्रपाका खेमराज भट्टराईले ७०६ मत ल्याए।

०७४ को निर्वाचनमा एक्लै लड्दा ८ पालिका जितेको झापामा यसपटक गठबन्धन गर्दा पनि कांग्रेसको अवस्था कमजोर देखिएको छ।

 


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##एमाले, #टेकबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्