५३७ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ नतिजा
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको तथ्यांक अनुसार बिहान ६ बजे सम्म कुल ७५३ स्थानीय तहमध्ये ५३७ पालिकाको नतिजा आइसकेको छ ।
जसमा नेपाली कांग्रेसले २४३ स्थानीय तहको प्रमुख–अध्यक्षमा जित हासिल गरेको छ । कांग्रेसले ७८ नगरपालिकाको प्रमुख र १५८ गाउँपालिका अध्यक्ष जितेको हो ।
त्यस्तै नेकपा (एमाले) १५७ तहमा विजयी भएको छ । जसमा ४६ नगरपालिका प्रमुख र १०१ गाउँपालिका अध्यक्ष एमालेले जितेको हो ।
माओवादी केन्द्र १०२ पालिकामा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । उसले १ उपमहानगरपालिकासहित १६ नगर र ८६ गाउँपालिका जितेको हो ।
त्यसैगरी एकीकृत समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टी (जसपा)ले ११ स्थानीय तहको पालिका प्रमुख–अध्यक्षमा जित निकालेको छ ।
स्वतन्त्रसहित अन्यले २४ स्थानमा जितेको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्थानीय तह निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्