पालुङटार नगरपालिकाको मतगणना स्थगित
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो ।
१० वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । हालसम्मको नजिता अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले ५ हजार ७८३ र जनता समाजवादी पार्टीका प्रेमबहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएका छन् । उनीहरु बीच ३ सय ६१ मतको अन्तर छ ।
कांग्रेसका उम्मेदवार दीपक बाबु कँडेलले भने ४ हजार ७५५ मत ल्याएका छन् । वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #पालुङटार नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्