वडा नं १४ को मत गणना बाँकी छँदै गोनपामा कृष्ण राना बिजयी
गोरखा । नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर राजनराज पन्तलाई हराउदै गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका कृष्ण रानामगर निर्वाचित भएका छन् ।
गोरखा गरपालिकामा १४ छन् । वडा न १ देखि १३ सम्मको मतगणनाअनुसार राना मेयरमा निर्वाचित भएका हुन् । उनले ८ हजार २९५ मतका साथ अग्रता कायम राख्दै निर्वाचित भएका हुन् । तर, अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन ।
उपविजेता बनेका पन्तले ६ हजार ४५६ मतका साथ पछ्याउँदै छन् । राना र पन्तको मतान्तर १ हजार ८३९ रहेको छ । वडा न १४ मा १ हजार ४०१ मत गन्न बाँकि छ । २०७४ को स्थानीय निर्वाचनमा रानाले पन्तलाई ६ हजार ५६० मतका हराएका थिए भने उपविजेता बनेका रानाले ५ हजार २६ मत पाएका थिए ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कृष्ण राना, #गोरखा नगरपालिका, #माओवादी केन्द्र, #राजनराज पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्