गोरखाको धार्चेमा माओवादी केन्द्रको सानदार जीत
गोरखा । गोरखाको धार्चे गाउँपालिकामा नेपाली कांग्रेस क्लिनस्विप भएको छ । यसअघि पालिका अध्यक्ष उपाध्यक्ष सहित सात मध्ये ४,५,७ वडा जितेको कांग्रेस अहिले एउटा वडामा पनि आउन सकेन ।
धार्चेमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ अध्यक्ष र सुनिला गुरुङ उपाध्यक्ष बने ।
यसअघि कांग्रेसबाट अध्यक्ष भएका सन्तोष गुरुङ र उपाध्यक्ष फुलमाया गुरुङलाई फराकिलो मतान्तरले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका हुन् । अध्यक्ष बिजेता लक्ष्मण गुरुङले ३,७७१ र सुनिला गुरुङले ३,७७९मत ल्याए । प्रतिद्वन्द्वी सन्तोष गुरुङल १,९४६ र फुलमाया गुरुङले १,९७६ मत प्राप्त गरे ।
सातवटा वडामध्ये कांग्रेसले वडा नं ४ र ५ मा पुरानै वडाअध्यक्षलाई उम्मेद्वार बनाएको थियो । अहिले गाउँपालिका अध्यक्षमा बिजयी लक्ष्मण गुरुङ २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका सन्तोष गुरुङसँगै पराजित भएका हुन् । धार्चे ५ सिङ्ला घर भएका उनी तत्कालिन नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएका थिए ।
उपाध्यक्षमा विजयी सुनिला गुरुङ भने चर्चित गायिका हुन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #धार्चे, #माओवादी केन्द्रको, #लक्ष्मण गुरुङ, #सुनिला गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्