Techie IT
शनिबार, कात्तिक ८,२०८३

भरतपुरमा विजय सुवेदीले रेणुलाई पछि पार्दै लिए अग्रता


चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपा (एमाले)का विजय सुवेदीले अग्रता लिएका छन् ।

हाल वडा नम्बर २ को मतगणना भइरहँदा सुवेदीले २५४९ मतसहित १९ अग्रता हासिल गरेका छन् ।

माओवादीबाट उम्मेदवार बनेकी गठबन्धनकी रेणु दाहालले २५३० मत प्राप्त गरेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २ हजार ७ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ९ सय ७५ मत ल्याएकी छिन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्