Techie IT
शुक्रबार, कात्तिक ७,२०८३

तारकेश्वर वडा नं. १ मा एमालेको प्यानल नै विजयी , कसको कति मत ?


काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाको प्यानल नै विजयी भएको हो ।

सापकोटाले ८५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ७९८ मत ल्याएका छन ।

मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ८२३ मत प्राप्त गर्दा रूखले ८१७ मतमात्र प्राप्त गरेको छ । उपप्रमुखमा सुर्यले ८६२ मत प्राप्त गर्दा रुखले ८०४ मत प्राप्त गरेको छ ।

यस्तो छ मतपरिणाम :

सूर्य                    रुख
मेयर ८२३             ८१७
उपमेयर ८६२         ८०४
वडाध्यक्ष ८५८            ७९८
महिला सदस्य ८८७     ७२५
दलित सदस्य ८४६          ७६८
खुला सदस्य ८०५            ७१३
खुला सदस्य ९३२             ६९७


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्