Techie IT
शुक्रबार, असोज ३०,२०८३

काठमाडौं महानगरमा बालेन शाहको अग्रता


काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह स्वतन्त्र, ४०२, सिर्जना सिंह–कांग्रेस– २०२, केशव स्थापित–एमाले– ३१९ मत पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२० मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्