राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा पिताम्बर तिम्सिना
राधेश्याम तिमलसिना (पुकार)
सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा दुर्इ जना नियुक्त गरेको छ । लामो समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा अाइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले परिषदमा दुर्इ सदस्यको नियुक्त गरेको हो ।
बैठकले पिताम्बर तिम्सिना र इन्दिरा निरौलालाई सदस्यमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । तिमल्सिना यसअघि पनि खेलकुद परिषदमा रहिसकेका व्यक्ति हुन भने निराैला खेलकुद महासंघमा अावद्ध रहेकी छिन ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #पिताम्बर तिम्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्