Techie IT
शुक्रबार, असोज ३०,२०८३

सबै महानगरपालिकमा आज बिहानबाट मतगणना हुने


काठमाडौं । देशका सबै महानगरपालिकामा आज बिहानबाट मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि ।

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु गरिन लागिएको हो ।

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ ।

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्