मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याइने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याउने सरकारको तयारी रहेको बताउनुभएको छ । महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान तथा ‘आममानिस राज्य र मिडिया’ विषयको अन्तरक्रियामा उहाँले नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्यालाई रोक्न महोत्तरीको गौशालालाई शैक्षिक केन्द्रको ‘हव’का रुपमा विकास गर्ने बताउनुभयो ।
अन्तरक्रियामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सञ्चारकर्मी र मिडियाहरु सरकारको पुल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरीबी निर्मूलका लागि स्थानीय सरकारले पिँधदेखि नै काम गर्नुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य भरतप्रसाद साहले निगौल गाई गौशालाको जग्गा किनबेच भइरहेको प्रति चिन्ता व्यक्त गर्दै ऐतिहासिक गौशालामा निगरानी नभएर सडकमै घर बनाउँदा धरोहर नै खतरामा परेकाले यसविरुद्ध सबैले आवाज बुलन्द गरी अगाडि बढ्नका लागि सबैसमक्ष आग्रह गर्नुभयो । अर्का प्रदेशसभा सदस्य शारदा थापाले मिडिया पूर्वाग्रही बन्न नहुनेमा सञ्चारकर्मीलाई सचेत गर्दै लैङ्गिक हिंसाविरुद्ध मिडिया खरो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शिक्षा नीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्