तारकेश्वरमा बोहरा र मर्हजनको भिडन्त, कसको होला पल्लाभारी ?
काठमाडौं । यही बैशाख ३० गते स्थानीय तहक चुनावको देशब्यापी रौनकसँगै तारकेश्वरमा पनि रौनक बढेको मात्र छैन कि आफ्नो पक्षमा चुनावी माहोल बनाउन कांग्रेस र एमालेका नेता रस्सा कस्सीका साथ लागेका छन् ।
एक चोटी मेयर बनीसकेका बोहरा आप्नौ अनुभव र संगठनको बलमा मात्र होइन कांगेसभित्रको असन्तुष्टीलाई मतमा बदली चुनाव जित्ने दाउमा छन् भने कांग्रेसका उम्मेदवार कृष्ण हरि मर्हजन कम्युनिष्ट फुटेको फाइदा उठाउँदै कांग्रेसभित्र मात्र होइन एमाले र माओवादीकै युवा पंकतीको साथमा चुनाव जित्ने दाउँमा छन् ।
बहोरालाई हराउन एमालेकै पूर्व नेता तथा उनका सहकर्मीहरु लागिरहेका बेला बोहोरा भने आफू मेयर बन्दा सहयोग गरेका विभिन्न दलका नेता तथा कार्यकर्ताहरुबाट सहयोग मिल्नेमा ढुक्क छन् । त्यस्तै, अर्कोतर्फ समाजवादीबाट जाने मत माओवादीबाट परीपूर्ती हुनेमा ढुक्क देखिन्छन् ।
यता मर्हजन भने समाजवादीका उम्मेदवारहरु आफू जित्न भन्दा पनि बोहरालाई हराउन लागिपरेको फाइदा पुग्नेमा ढुक्क छन् । यता कृष्णहरी भने तारकेश्वरमा नेवार बस्ती बाक्लो भएका वडाहरु ४, ६, ८, ९, १० का मतदाताको मतबाट जित निकाल्ने दाउमा छन् ।
त्यसैगरी अन्य दलका आफन्तमार्फत नेवार समुदायको भोट एकमुष्ट आउनेमा विश्वस्त छन भने अर्को तर्फ साविक मनमैजु गा.बि.स अध्यक्ष हुँदै मेयर बनेका रामेश्वर बोहोरा राजनीतिका चतुर खेलाडी मानिन्छन् । नेपाली राजनीतिका मूल अस्त्र साम दाम दण्ड भेद सबैमा अब्बल रहेका दुवै उम्मेदवार आफूले सकेको प्रभाव पार्न जति पनि खर्च गर्न तयार देखिन्छन् ।
पाँच वर्ष नगरपालिका हाँकेका बोहरासँग असन्तुष्ट भएका मतदाताहरुको मत तान्ने एजेण्डा बोकेर कृष्णहरि मर्हजन लागिपरेका छन् भने बोहोरा आफूले मेयर बन्दा योजना र बजेट दिएका विपक्षको मत मिल्नेमा विश्वस्त छन् । यसरी विभिन्न तथ्य र तथ्याङ्खलाई हेर्ने हो भने बोहरा र मर्हजकौ भिडन्त हुने निश्चित छ ।
युवा उम्मेदवार मर्हजनसँग अनुभवी बोहरासँगको भिडन्त चिया चौतारीमा बहसको विषय बनेको छ । पुस्तान्तरणको मुद्दासहित अग्रजलाई सम्मान युवालाई मतदानको नारा बोकेका मर्हजन र पाँच वर्षमा धेरै काम गरेको र अधुरा काम पुरा गर्न अभिभारा आफ्नो काँधमा रहेको बताउने बोहरा दुवै बलिया उम्मेदवार हुन् ।
मंगलबार रातिबाट मैन अवधि सुरु हुने भएकाले दुवै उम्मेदवारले यो अवधिमा हदैसम्मको चलखेल हुने तारकेश्वरका अनुभवी नेताहरु तर्क मात्र गर्दैनन् की यस समयमा जसको पल्लाभारी भो उ जित्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् ।
यी दुई मेयरका आकांक्षीको प्रतिस्पर्धाको यि तथ्य र तथ्यांक हेर्दा स्थानीय सरकारको सत्ता हात पार्न जुन रसाकस्सी देखिउको छ यसले कतै राजनीतिमा आम नागरिकको पहुँच गुम्ने मात्र होइनकी लोकतन्त्रको मुटु मानिने निर्वाचन पनि फिक्का सावीत नहोस, दुवै पक्ष सचेत भई लोकतान्त्रिक विधि र पद्धती अनुसरण गर्न जरुरी छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्