बेलौरीको निर्वाचन जित्ने यस्तो छ एमालेको आधार
एक घर एक सीप कार्यक्रम काठमाडौँ, । नेकपा (एमाले) वेलौरी नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले घरघरमा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने आधार तय गरेको छ । एमालेबाट मेयरका उम्मेदवार कमला बोहरा र उपमेयरका उम्मेदवार जोगराम थारुले ‘एक घर एक सीप कार्यक्रम’ मार्फत घर घरमा रोजगारी तथा स्वरोजागरी सिर्जना गर्ने प्रतिवद्धता घोषणा गरेका छन् ।
मेयरका उम्मेदवार बोहराले आफूले चुनाव जिते युवालाई विदेश पलायन रोक्ने र गाउँघरमा रोजगारका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले नगरमा भएको साधन स्रोत प्रयोग गरि युवालाई रोजगार बनाउने बताउनुभयो । भारतीय सीमासंग कन्चनपुरका दक्षिणमा रहेको बेलौरी नगरपालिकाका युवालाई रोजगारसंग जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बेरोजगारी अवस्थाको तथ्याक संकलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रलाई व्यवस्थापन गरिनेछ ।
यस्तै घोषणापत्रमा युवा स्वरोजगारीका लागि कम्तीमा एक वडा एक लघुउद्यम संचालन गरी युवालाई वडातहमा नै रोजगारी दिने उल्लेख गरिएको छ । भारत लगायतका विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोका लागि उत्पादनमूलक उद्योग तथा उद्यममा लगानी गरि स्वदेशमा स्वारोजगारी तथा रोजगारी दिने, भारतमा काम गर्न जाने कामदारको तथ्याक राख्ने व्यवस्था, कल्याणकोष र विमाको व्यवस्था लागु गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
सिमा क्षेत्रमा रहेका जग्गााधनीले आफ्नो जमीन वैक तथा वित्तिय संस्थाहरुमा धितो राख्न नपाई ऋण लिन वाट वंचित भएकाले नगरको जमानीमा वैक तथा वित्तिय संस्थाहरुवाट सहजै ऋण लिने व्यवस्था मिलाइनुका साथै नगर भित्रका सवै जातजाती तथा समुदायको परम्परागत प्रविधि तथा सिपहरुलाई व्यवसायिकरण गरिन बताइएको छ ।
मुक्त कमैयालाई आत्मनिर्भर बनाउन आवश्यक निति अवलम्बन गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तै प्राथमिक स्वास्थय केन्द्रलाई २५ शैय्या अस्पताकाले स्तरोन्नती गरि आधुनिक उपकरण र दक्ष चिकित्सक र जनशक्तिको व्यवस्थापन गरि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ । घोषणा पत्रमा प्रत्येक वडामा सेनिटरी प्याड निःशुल्क सेवा, गर्भवती पोषण कार्यक्रम, नगर गौरव योजनाको रुपमा पाठेघर स्क्रिन तथा परीक्षण कार्यक्रम संचालन गरिने, नगरका अन्य वडामा रहेका स्वास्थ्य चौकीको स्तरोन्नती गरि आधुनिक र सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ । आवश्यक पूर्वाधार, संयन्त्र, चिकित्सक तथा जनशक्ति र स्रोतको व्यवस्थापन गर्दैे नगरक्षेत्रमा सुविधा सम्पन्न छुट्टै सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरि कोरना जस्ता महामारी नियन्त्रण गरिने उल्लेख छ ।
महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सुरक्षामा सहयोग पुग्ने गरि सुरक्षित मातृत्व र आङ खस्ने रोग लगायतका समस्या हल गर्न अस्पताल र स्वास्थ्य चौकीहरुमा सुरक्षित प्रसुति सहितको नियमित स्वास्थ्य जाच तथा उपचारको व्यवस्था मिलाईने छ । युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि एक वडा खेल मैदान र नगरका मूख्य क्षेत्रमा आवश्यकता अनुसार कवर्ड हल निर्माण र खेल सामाग्रीको व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।
यस्तै नगरको एकवटा सामुदायिक वन लाई जडीवुटी उद्यान (हर्वलपार्क), नगर कला प्रतिस्ठान स्थापना र थारु संग्राहलयको स्थापना गरिने घोषणपत्रमा उल्लेख गरिएको छ । निर्वाचन आउन एक हप्तामात्र बाँकी रहेको वेला बेलौरीका मेयर र उपमेयरका उम्मेदवारले चुनावी अभियानलाई तीव्र पारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बेलौरीको निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्