गठबन्धनलाई भरतपुरमा टाउको दुखाई, अन्तिम प्रयास विफल
काठमाडौँ, २२ वैशाख । चितवन भरतपुर महानगरपालिकाको सत्तारुढ गठबन्धन उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई निर्वाचन जित्न निकै कठीन हुने देखिएको छ ।
सत्तारुढ गठबन्धनको निर्णय नमान्ने भन्दै चितवनका प्रभावशाली कांग्रेस नेता जगन्नाथ पौडेलको बागी उम्मेदवारी निष्क्रिय बनाउन खोज्ने सत्तारुढ दलको प्रयास विफल बनेको छ ।
अन्तिम पटक जगन्नाथलाई फकाउने कांग्रेस नेताहरुको प्रयास असफल भएको हो ।
जगन्नाथलाई फकाउन सत्तारुढ गठबन्धन हात धोएरै लागे पनि विफल भएका छन् ।
बिहीबार कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जगन्नाथले अडान कायम राखेका छन् ।
यसैबीच जगन्नाथले उम्मेदवारी फिर्ताको विषयमा सभापति शेरबहादुर देउवासँग कुराकानी गर्न अस्वीकार गरे ।
रामचन्द्र पौडेलसँग करिब १० मिनेट भएको भेटमा उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरे । उनलाई फकाउने क्रममा विभिन्न अफर गरिएको बताइएको छ । तर जनताले आफूहरुलाई पछि नहट्न भनेको भन्दै जगन्नाथले उम्मेदवारी फिर्ता नलिने अडान कायम राखे ।
भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उहाँको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहनुभएको मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्