भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जना पक्राउ
चितवन । चितवन प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको सामान सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विशेष सुराकीको आधारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैरहवा नाका हुँदै नारायणगढतर्फ लैजाँदै गरेको अवस्थामा अवैध आलु, प्याँज लगायतका सामानहरु सहित दुई जनालाई पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका वडा नंम्बर ३ पुल्चोकस्थित खरानीडाँडामा सवारी चेकँजाच गर्ने क्रममा ना ४ च ४६५५ नंम्बरको बलेरो गाडीमा लोड गरी ल्याएको आलु ६ बोरामा २८८ केजी, प्याज २० बोरामा ३४० केजी, चिनी १६ बोरामा ८०० केजी, रेडवुल २१ काटुनमा ५०४ पिस र मल ५ बोरामा २२५ केजी अबैध सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार बरामद गरिएको सामानको मूल्य अन्दाजी सत्र लाख एकसट्ठी हजार सात सय बत्तीस रुपैयाँ रहेको जनाइएको छ ।
सामान सहित पक्राउ परेका बलेरो चालकसहित २ जना लाई थप अनुसन्धानको लागी भन्सार कार्यालय बिरगञ्ज पर्सामा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
(एसपी) अधिकारीले चितवन जिल्लाको नेतृत्व सम्हाले यता पछिल्लो समय चितवन प्रहरीले यस जिल्ला भएर भित्रीने अवैध तस्करीका सामानहरुबाट सफलता हात पार्दै आएको छ । यसअघि तीन करोड बराबरको कपडा सहित तस्कर पक्राउ गरेको चितवन प्रहरीले केही दिन अघि मात्रै राजमार्गमा गुडिरहेको ट्रकलाई रोकेर लत्ताकपडा लुट्ने गिरोहका ३ जनालाई समेत पक्राउ गर्न सफल भइसकेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्