स्थानीय निर्वाचनः एमालेका साढे ३३ हजार उम्मेदवार, कुन पदमा कति ? (सूचीसहित)
काठमाडौँ, १६ वैशाख । नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवार उठाएको छ ।
देशकै ठूलो दलको रुपमा रहेको एमालेले स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।
शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार एमालेले पुरुष १९४९९ र महिला १४००४ जना गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको हो । जसमा नगर प्रमुखमा २६४ जना पुरुष र २७ जना महिला गरी २९१ जना उम्मेदवार रहेका छन् भने गाउँपालिका अध्यक्षमा ४१९ पुरुष र २८ जना महिला गरी ४४७ उम्मेदवार छन् ।
त्यस्तै, नगर उपप्रमुखमा २६ पुरुष र २६० महिला गरी २८६ जना उम्मेदवार उठाएको छ ।
गाउँपालिका उपाध्यक्षमा ३५ पुरुष र ४१० महिला गरी ४४५ जना उम्मेदवार छन् भने वडाअध्यक्षमा ६,४०५ जना पुरुष र ११८ जना महिला गरी ६५२३ जना रहेका छन् ।
एमालेले वडा सदस्यमा १२३५० पुरुष र ५४१ जना महिला गरी १२८९१ जना उम्मेदवार एमालेले निर्वाचनमा उठाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्