तारकेश्वरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन , ३ जनाको उम्मेदवार फिर्ता
काठमाडौं । तारकेश्वर नगरपालिकाको मेयरको उम्मेदारीबाट ३ जनाले उम्मेदवार फिर्ता गरेका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीको अनुसार मेयरका स्वतन्त्र उम्मेदवारहरुमा ध्रुवराज खड्का, सुदन फुयाँल, राजेन्द्र प्रसाद तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका हुन ।
तारकेश्वरमा १९ जनाले मेयरमा उम्मेदवारी दिएका थिए ।
तारकेश्वर नगरपालिकामा नगर प्रमुख पदका लागि एमालेबाट रामेश्जर बोहरा, नेपाली काँग्रेसबाट कृष्णहरि महर्जन, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट लवकुमार बस्नेत मैदानमा उत्रिएका छन् ।
त्यस्तै नेपाली काँग्रेस वि।पि।बाट विष्णुप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट श्रीकुमार महर्जन, विवेकशील साझा पार्टीबाट महेसजंग कुँवर, राप्रपाबाट बस्नत कुमार बस्नेत, जनता समाजवादी पार्टीबाट बाबुराम लामा, नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी०बाट मिमलाल खड्गी, नेपालका लागि नेपाली पार्टीबाट मोज राज बगाले र स्वतन्त्रबाट यमुनादेवि सापकोटा, निरा अधिकारी, स्वयम्बर खड्का, दुर्गबहादुर थापा मगर, सुदर्शन जमकट्टेल र रामहरि खड्काले उम्मेदवारी दिएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्