चितवनबाट ७० केजी लागूऔषध गाँजासहित एक जना पक्राउ
चितवन । चितवन प्रहरीले झन्डै ७० केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका ३ धमिली बस्ने २६ वर्षीया सुजन प्रजा रहेका छन् ।
उनलाई अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज शुक्रबार बिहान २ बजेको समयमा राप्ती नगरपालिका १ स्थित परेवाकोटबाट पक्राउ गर्न सफल भएको हो । बोरामा बोकेर लागूऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध लागूऔषध ओसारपसार कसुरमा थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए । उनलाई अहिले आवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय खैरहनीमा बुझाइएको छ । पछिल्लो समय चितवन प्रहरीले जिल्लाको विभिन्न स्थानहरूमा हुने गरेको लागूऔषध ओसारपसारमा विशेष निगरानी बढाउदै समेत आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्