गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले गर्यो सफल उडान
भैरहवा । परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलतापूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो ।
विमान स्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।
निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए ।
‘यो परिक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो, ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पाएका छौँ’, उनले भने, ‘६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यवसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ ।’

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रुको चाप घट्ने र काठमाडौंको विकल्प बनेको विमानस्थलका महानिर्देशक अधिकारीले बताए । काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ’, उनले भने ।
आन्तरिक उडानमा ढिलाई हुँदा आजबाट आन्तरिक भैरहवासहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौंसहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा सञ्चालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।
पर्यटन सचिव महेश्वर न्यौपानेले सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए । परीक्षण उडानको क्रममा जहाज केही बेर रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समयपछि एप्रोनतर्फ ल्याइएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ३मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ४तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो






तपाईको कमेन्ट लेख्नुहोस्