मोडिफाइड गरी सवारी चलाउनेविरुद्ध कास्की ट्राफिक आक्रमक
कास्की । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मोडिफाइड गरी मोटरसाइकल चलाउनेलाई कार्वाहीको दायरामा ल्याएको छ । कास्की ट्राफिक प्रहरी प्रमुखमा प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीले जिम्मेवारी सम्हालेसंगै जिल्लामा सवारी नियम उल्लंघन गरी सवारी चलाउने केही साधनहरुलाई प्रहरीले कार्वाहीको दायरामा ल्याएको हो ।

प्रहरीका अनुसार सवारी नियम उल्लंघन गरी जथाभावी रूपमा सवारी चलाउँदा सडक दुर्घटनाको समेत जोखिम बढ्ने बताउँदै मोडिफाइड गरी सवारी चलाउने, हेण्डिल परिवर्तन गर्ने, साईलेन्सर पाईप परिवर्तन गरी मोटरसाइकल चलाइ शान्ति सुरक्षामा खलबल एवं प्रतिकुल असर बनाइ नियम उल्लंघन गर्ने केही सवारी साधनलाई कार्वाहीको दायरामा ल्याएको जनाइएको छ ।

यस्तै, कास्की ट्राफिकले नियम उल्लंघन गर्ने ट्याक्सीलाई समेत कार्वाहीको दायरामा ल्याएको छ । गत, बैशाख २ गतेदेखि लागु गरिएको भाडा ट्याक्सी एवं कारमा अनिवार्य रुपमा मिटर जडान, ट्याक्सी लाईट जडान लगायत चालक पोषाक प्रयोग गर्ने भाडाका ट्याक्सी एवं कारहरुलाई चेकजाँच गर्ने क्रममा मिटर जडान नगरेका ७ वटा, ट्याक्सी लाईट जडान नगरेका ७ वटा र चालक पोषाक प्रयोग नगरेका २९ वटा ट्याक्सी एवं कार चालकहरुलाई कारबाही गरिएको प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीले जानकारी दिए ।

यता, ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनीकरण एवं मापसे गरी सवारी चलाउदा हुने सम्भाबित दुर्घटना जोखिम तथा मापसे गरी सवारी चलाउने प्रवृतिलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि मापसे गरी सवारी चलाउनेलाई प्रशिक्षण कक्षा संचालन समेत गर्दै आएको छ ।

क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्