Techie IT
बिहीबार, मंसीर ४,२०८३

तारकेश्वरका कांग्रेस नेता रमेशमान सींह कुवँर समाजवादीको कलम चिन्हबाट वडा अध्यक्ष लड्ने


नेपाली कांग्रेस पुराना नेता रमेशमान सींह कुवँर समाजवादी प्रवेश गरेका छन् । सोमबार तारकेश्वर नगरपालिकामा उम्मेदवार नोमीनेशनका क्रममा उहाँ समाजवादी प्रवेश गर्नुभएको हो ।

आफुले कांग्रेसमा ४३ बर्ष राजनिति गरेको र गुटकै कारण बिगत लामो समय देखी अन्यायमा परेको कुवँरले बताए । लोकतान्त्रीवादी पार्टी भन्ने कांग्रेसभित्र पछिल्लो समय अलोकतान्त्रिक गतिबिधि तथा चरम गुटबन्धी हावी भएकौ कारण पुराना अग्रज नेताहरुको पार्टीप्रती रुष्ट हुँदै आएका उहाँको भनाई छ ।

२०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट तारकेश्वर नगरपालिका वडा नं १ का उम्मेदवार बनी थोरै मतले एमालेका उम्मेदवार बिदुर सापकोटासंग पराजय भएका कुवँरको यसपालि पनि कांग्रेसबाट सर्बमान्य उमेदवारको रुपमा चर्चा थियो ।

कांग्रेस छोडेर समाजवादी प्रवेश गरेका मेशमान सींह कुवँरले सोमबारनै समाजवादीको तर्फबाट वडा अध्यक्षको नाम दर्ता गराएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #रमेशमान सींह कुवँर


तपाईको कमेन्ट लेख्नुहोस्