घोरीवालामार्टका निर्देशक सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित
काठमाडौ । घोरीवाला मार्टका निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी बिकास अग्रवाल सम्मानित भएका छन् । काठमाडौमा शनिबार फोकस नेपालले नव बर्ष तथा लोकतन्त्र दिवस २०७९को अवसरमा आयोजना गरेको समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी तथा शुभकामना बिशेश सांस्कूतिक समारोहमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच अग्रवाललाई सम्मान गर्नु भएको हो।
सम्मानित अग्रवाल बिगत लामो समयदेखि घोरीवालामार्ट (Ghoriwala Mart) मार्फत ओशन ग्लासवेयर,रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज,क्रिस्टल,डेकोर, कार्पेट, होटेलवेयर,डिनरवेयर,ब्ल्यान्केट, गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा बिक्रेता व्यवसायीको रुपमा सेवा दिइरहेका छन् ।
सम्मानित भए पछि अग्रवालले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल लाई धन्यबाद दिदै हस्पिलिटी तथा सामाजिक क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो। कार्यक्रममा संस्थाका प्रमुख रामचन्द्र पोखरेलको अध्यक्षता, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको बिशिस्ट अतिथिका साथै सामुदायिक सेवा केन्द्र टुँडालदेबिका अध्यक्ष रामप्रसाद न्यौपाने लगायतका बिशेश अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए ।
कार्यक्रममा लोकप्रिय नेपाली नौमती पन्चेबाजाको साथमा मयुर नाच, राष्ट्रिय स्तरका कलाकारहरूले नृत्य एवं बिशेष साँगितिक प्रस्तुति सहित भब्य रूपमा आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बिकास अग्रवाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्