कांग्रेसले बोलायो आकस्मिक बैठक
गोरखा । केन्द्रले टुंग्याएर पठाएको भागवण्डालाई स्वीकार गर्ने या नगर्ने भन्ने विषयमा छलफल गर्न गोरखामा नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको जिल्लास्तरीय संयन्त्रले भागवण्डा मिलाउन नसकेपछि केन्द्रीय नेताहरूले शनिबार हिजो साँझ बैठक बसेर निर्देशनात्मक भागवण्डा गरेर पठाएका थिए ।
शनिबार आठौँ पटक बसेको जिल्लास्तरीय संयन्त्रको बैठकले भागवण्डा मिलाउन नसकेपछि केन्द्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखामा भागवण्डा मिलाएका गिए ।
केन्द्रीय नेताले गोरखामा कांग्रेसलाई एक नगरपालिकासहित पाँच, माओवादीलाई चार र जसपालाई एक नगरपालिकासहित दुई पालिका प्रमुखमा उम्मेदवारको भागवण्डाको निर्णय गरेका थिए ।
तर, केन्द्रले निर्णय गरेर पठाएको भागवण्डालाई स्वीकार गरेर जाने या नजाने भन्ने विषयमा छलफल गर्न गोरखामा संयन्त्रका प्रमुख दल नेपाली कांग्रेसले बिहान आकस्मिक बैठक बोलाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्