सचिवालय बैठक : महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोटमा छलफल
काठमाडौ । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक बिहिबार बसेको छ ।
बैठकमा पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने तयारीदेखि महानगर र उपमहानगरपालिकाका प्रमुख—उपप्रमुखका उम्मेद्वार छनोट सम्वन्धमा छलफल भएको थियो ।
बैठकले शुक्रबार पार्टीको ७४ औं स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वारहरुको छनौटबारे छलफल शुरु भएको छ । जसअनुसार महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट बैशाख १० गते हुने एमाले केन्द्रिय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेद्वार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल भएको थियो ।
बैठकले बिशेष अवस्था र सम्भावनालाई ख्याल गर्दै गण्डकी र लुम्बिनी प्रदेश सभासद्हरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो ।
सचिबालयको अर्को बैठक बैशाख १० गते बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्