कन्या बहुमुखी एलुम्नाई गठन अध्यक्षमा लोचना शर्मा
काठमाडौं । डिल्लिबजार कन्या बहुमुखी क्याम्पस, काठमाडौंमा हालसम्म अध्ययन गरेका विद्यार्थीहरुको एक सम्मेलनले डिल्लिबजार कन्या बहुमुखी क्याम्पस एलुम्नाई एसोसिएसन गठन गरेको छ ।

शनिबार सोही क्याम्पसमा सम्पन्न प्रथम सम्मेलनले सोही क्याम्पसकी पूर्व विद्यार्थी रादिका चम्लागाईँ (लोचना शर्मा)लाई संस्थापक अध्यक्षमा सर्वसम्मतिले चयन गरेको गरेको छ । शिक्षा शास्त्र संकाय अन्तर्गत २०७० सालको व्याचबाट पास आउट शर्मा जापानबाट डिज्यास्टर म्यानेजमेन्टको कोर्ष गर्ने पहिलो नेपाली व्याच, कानुनको समेत विद्यार्थी र मनोपरामर्शदाता पनि हुन् ।

एसोसिएसनको उपाध्यक्ष ममता खतिवडा, सचिव सरिता अधिकारी, कोषाध्यक्ष सीता आचार्य (शीतल) रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमशः सपना फुयाँल, आरती रेग्मी, रीमा उप्रेती, गीता पुरी, उपासना पौथाके,ज्ञानुका कार्की, सुनिता तिवारी रहनु भएको छ ।
एसोसिएसनको सल्लाहकार समितिमा ठगुना राई, अर्चना पाण्डे, लीना शर्मा रेग्मी र अनु भट्टराई रहनु भएको छ ।
एसोसिएसनले सो क्याम्पसबाट अध्ययन पूरा गरी विश्वका विभिन्न स्थानमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको सक्रियतामा सामाजिक सेवाका कार्यहरु गर्ने लक्ष लिइएको अध्यक्ष शर्माले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कन्या बहुमुखी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्