कांग्रेसले गठबन्धनलाई होच्याउन थालेपछि माधव नेपालले भने छुट्टै गठबन्धनको तयारी थालौँ
गठबन्धन जटिल संकटतिर धकेलिरहँदा माधवकुमार नेपालको आन्तरिक सर्कुलर
स्थानीय तह निर्वाचनका लागि काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक मागेको समाजवादीले आफूले चाहे जस्तो अवस्था नदेखेपछि चुनावी तालमेललाई लिएर सत्ता गठबन्धन जटिल संकटतिर धकेलिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतवार आन्तरिक सर्कुलर जारी गरेका छन्।
आइतवार जारी गरिएको आन्तरिक सर्कुलरमा अध्यक्ष नेपालले प्रमुख सत्तारुढ कांग्रेसले साझेदार दललाई होच्याउने गरी भागबण्डा गर्न चाहेको निष्कर्षसहित अलग्गै गठबन्धनका लागि तयार हुनुपर्ने बताएका छन्।
देशभरका ७५३ पालिकाहरुमा भागबण्डा गर्ने क्रममा गठबन्धनका दुई समाजवादी दलले आफूहरुलाई हेपेको गुनासो गरिरहेका बेला अध्यक्ष नेपालले आन्तरिक सर्कुलर जारी गर्दै कांग्रेसबाहेकको गठबन्धन तयारी थाल्न भनेका छन्।
गठबन्धनबाट कांग्रेसले काठमाडौंका कुनै पनि स्थानमा नगर प्रमुख दिन तयार नभए पछि अध्यक्ष नेपालले पार्टीका केन्द्रीय सदस्यहरुसहित शीर्ष नेतृत्व तहमा पठाएको सर्कुलरमा गठबन्धनको कांग्रेससँगको सहयात्रा सहज नभएको बताएका छन्। आ(आफ्नो ठाउँमा कांग्रेससँगको गठबन्धनको सम्भावना कायम राख्दै कांग्रेसबाहेकको गठबन्धनको तयारीमा भोलि देखिनै लाग्न अनुरोध छ।ु
नेपालले कांग्रेसबाहेकको गठबन्धनका लागि तयार हुनुपर्ने गरी विभिन्न कारण पनि दिएका छन्।
उनले गठबन्धनबाट कांग्रेसले काठमाडौंका कुनै पनि स्थानमा नगर प्रमुख दिन तयार नभएको गुनासो गरेका छन्।
त्यसैगरी काठमाडौंभित्रै केबल तीनवटा मात्रै उपप्रमुख अन्य दललाई दिन कांग्रेस तयार भएको पनि नेपालले उल्लेख गरेका छन्।
समाजवादीले वडा बाँडफाँट वटा तहबाट नै गर्नुपर्ने धारणा आफूहरुको रहेको पनि बताएका छन्।
नेपालले कांग्रेसले आफूले जितेका कुनै पनि स्थानमा वडा सदस्यसमेत पनि अन्य दललाई दिन कांग्रेस तयार नभएकाले विकल्प खोज्ने गरी अघि बढ्न भनेका हुन्।
केही दिनअघि अध्यक्ष नेपाललाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि एमालेमै रहेको जस्तै ठानेर धेरै भाग खोजेको बताएका थिए।
त्यसपछि नेपालले सार्वजनिक कार्यक्रममै गठबन्धनका दलहरुबाटै आफूहरुको अपमान हुन थालेको गुनासो गरेका थिए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्