सत्तारुढ दलका नेताले उद्योग बेचेर भ्रष्टाचार गरे : विक्रम पाण्डे
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्तारुढ दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए ।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराएका थिए । ‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भने । एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उनले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उनले दाबी गरे ।
‘जसरी कोशी र कर्णालीमा हामी फस्यौं, अहिले पनि त्यसरी नै फस्दै छौँ, एमसीसीले देशमा बिजुली बल्ने होइन, देशमा उत्पादन गरेको बिजुली हाइटेन्सन लाइनबाट सोझै विदेश लैजान्छन्’, उनले भने, ‘त्यसैले हामी चुनावी प्रचारप्रसारको लागि चितवन आएका होइनौँ, एक पटक देश बचाइदिनोस् भन्न आएका हौँ ।
देशमा बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने भन्दै उनले स्वास्थ्य, शिक्षा, विद्युतजस्ता पूर्वाधार निर्माणमा राप्रपालाई जिम्मा दिने उनले आग्रह गरे । ‘प्राथमिक स्वास्थ्य उपचार हामी निःशुल्क गर्छौँ, कक्षा १२ सम्म सुको पैसा नपर्ने व्यवस्था मिलाउँछौँ’, उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजङ्ग गुरुङले ठूला दलले ठूला भ्रष्टाचार गर्दा जनताले दुःख पाइरहेको बताए । उनले अबको चुनावमा फेरि पनि ठूला दललाई जिताएर गल्ति गर्न नहुने बताए ।
‘ठूला दलले ठूलै भ्रष्टाचार गर्दा त्यसको सजाय हामीले पाइरहेका छौँ, त्यसैले अब त्यस्तो गल्ती नगरौं। नेता चिनेर जिताऔँ’, उनले भने । प्रचण्ड र देउवाले आफ्नो कमजोरी लुकाउन जतापनि आफ्नै मान्छेलाई मात्रै काखी च्याप्दै आएको उनले आरोप लगाए ।
राप्रपाकी महामन्त्री कुन्ती शाहीले देश निर्माणमा राजा महेन्द्रको परिकल्पना अधुरो रहेको बताएइन् । उनले राजा महेन्द्रले चितवनलाई कस्तो बनाउने भन्ने विषयमा बनाएको सोच अधुरै रहेको बताएकी हुन् ।
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्