एमालेबाट पोखराको मेयरमा आकांक्षी सबैको नाम जिल्ला पठाइयो
पोखरा । एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवारर सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नौजनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन कार्यतालिका सार्वजनिक गरेर पनि चुनावी प्रक्रियामा अघि बढिसकेको अवस्थामा एमालेले मतदान नगरी नाम सिफारिस गरेको हो ।
‘अधिकांशको आवाज सर्वसम्मत गर्ने आयो, हलको बहुमत सर्वसम्मत सिफारिसमा आएपछि मतदान प्रक्रियामा लैजान सकेनौँ,’ महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले भने, ‘अहिलेको अवस्थामा अरुसँग प्रतिस्पर्धा गर्नुपर्नेमा हामीबीचमै चुनाव हुँदा मन बाझिन सक्ने अवस्था टारेर सर्वसम्मत सिफारिस गरेका हौँ ।’
उनले सर्वसम्मत निर्णमा हलको दबाब भने पनि बैठक कक्षबाट निस्किएका अधिकांशले गलत बाटो अपनाएको भन्दै आक्रोश पोखेका छन् । ‘वडाबाट सिफारिस हुँदा तीनजनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?,’ उनीहरूले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ, आफ्ना मान्छेले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’
कतिपय आकांक्षीसमेत मतदानको पक्षमा थिए । एक आकांक्षी दर्शन लामाले भने, ‘जे भइरहेको छ, यो गलत हो, मतदान गरेर जसले जित्छ उसैको नाम पठाएको भए हुन्थ्यो ।’ उनले आन्तरिक प्रतिश्पर्धालाई गलत हिसावले लिन नहुने तर्क गरे । गत मंगलबार मेयर र उपमेयरको आकांक्षीको नाम टिपेर पनि शुक्रबार पुनः मनोनयन गरिएको थियो ।
चार दिनसम्म सर्वसम्मत हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेद्वार खोज्ने भनिएकोमा सबैको नाम माथिल्लो निकायमा पठाइएको हो । मंगलबार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज मनोनयन भने आकांक्षीबाहेक अरुले पनि गरेका थिए ।
मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, पोखरा–१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।
उपमेयरमा पोखरा(१९ का वडाध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेद्वारी दिएका थिए । यसअघि आकांक्षा देखाएका बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले भने मनोनयन दर्ता गरेनन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्