टोखामा बैशाख ७ गतेसम्म व्यक्तिगत घटना दर्ता हुने
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । काठमाडौंको उत्तरी भेगमा रहेको सो टोखामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा आजदेखि यही वैशाख ७ गतेसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
नगरपालिकाका प्रमुख अधिकारीले टोखाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको बताए । उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण टोखावासीलाई अनुरोधसमेत गरेका छन् ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्