आधुनिक समाजको प्रपोजर बन्न चाहन्छु : प्रदिप खनाल आइजी
काठमाण्डौं। फेसबुक मार्फत पाँच बर्षमा वडा बदल्ने कार्ययोजना प्रस्तुत गरेका आइजीले आफुलाइ आधुनिक समाज निर्माणको प्रपोजर बन्ने चाहना रहेको बताएका छन्।त्यसो त २०६४ सालदेखि नेपाली कांग्रेसको राजनितीमा लागेका उनी पदले आफुलाइ खोजोस् भन्न रुचाउँछन्।
राजनीतिलाई पेशागत बनाउने र भ्रष्ट कर्मचारीहरुको समुहको कारणले देश आर्थिक संकटमा फसेको तथा जनताले अनेकौं दु:खहरु फोकटमा झेल्नुपरेको बताउँदै साझापाना सँगको एक संवाद मार्फत आइजी भन्छन्; “समृद्ध समाज निर्माणको पहिलो कार्य भनेको बिपन्न वर्ग लक्षित कार्यक्रम जसबाट मानिस आत्मनिर्भर रहन सकोस्। श्रोत र साधन सिमित हुनेभएको कारण जनताका असिमित आकांक्षाहरुलाई प्राथमिकताको आधारमा पूरा गर्दै जान सरकारले आजको गाउँ भोलिको शहर निति अंगिकार गर्नसके मात्रै कसैलाई नि गाउँ छोड्न मन लाग्दैन”। हाभर्ड र अक्फोर्ड युनिभर्सिटी बाट यहाँ आएर कसैले काम गर्दैन, काम गर्ने भनेको तपाईं हामी नै हो, सबैलाई मान्य हुने आधुनिक समाजको मार्गचित्र कोर्नुपर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको छ।
समाजमा समस्याहरु धेरै हुन्छन् तर यसको वैज्ञानिक समाधान खोज्न सक्नुपर्दछ। आज फ्रान्स, न्युजिल्यान्ड, आएरल्याण्ड जस्ता विकसित देशहरुलाइ युवा पुस्तालेनै हाँकिरहेको उदाहरण दिँदै कुनै पनि ठाँउको विकास त्यहाँको भुगोल र माटो अनुसारको हुनेभएको कारण त्यसको संभाव्यता अध्ययन गरि ठिक ठाँउमा टेकेर उभिँदा मात्र सफलता हात पर्ने आइजी बताउँछन्।
एक फरक प्रसङ्गमा उनले स्थानीय चुनाव नजिकिँदै गर्दा जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले आफुलाइ भिमसेनथापा ०३ को वडा अध्यक्षको टिकट लिन कुनै पनि बेला टेलिफोन गर्नसक्ने बताउँदै आँफु नेता नभएको तर नेतामा हुनुपर्ने गुणको कमि नरहेको र राज्यको आधिकारिक व्यक्ति (जनप्रतिनिधि) बने आफ्नो वडामा कसैले नसोचेको काम गरेर देखाइदिने दाबी समेत गरेका छन्।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नन्द प्रसाद न्यौपाने, #प्रदिप खनाल आइजी, #भिमसेनथापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्