जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित
काठमाडौ। जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले युवा पत्रकारिता सम्मानवाट सम्मानित बनेका छन्।
बक्स अफिस इन्टरनेशनल ग्रुपव्दारा आयोजित बल्कबस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा सम्पादक बगाले सम्मानित बनेका हुन्।
सम्पादक बगालेका साथमा अग्रज पत्रकार रामहरि सिल्वाललाई अग्रज पत्रकारिता सम्मान तथा नामी साप्ताहिकका सम्पादक श्याम स्मृत क्रियाशील पत्रकारिता सम्मानवाट गरिएको थियो । पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरले तीनैजना सम्मानित पत्रकारहरुलाई सम्मान प्रदान गरेका थिए।
सम्मानित बगाले बिगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिक पत्रकारिता मार्फत दुःख कष्ट,अपाङ्गता,शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।
विगत १६ बर्षदेखि क्रियाशील पत्रकार आर के सुवेदीको अग्रता तथा संयोजनमा आयोजना हुंदैआएको ब्लकबस्टर नेपाली फिल्म अवार्डमा तीन पत्रकारहरुको विशेष सम्मानको अलावा खेलजगतका खेलाडी तथा फिल्म क्षेत्रका कलाकारहरुलाई विशेष सम्मान, कदरपत्र तथा अवार्ड प्रदान गरिएको थियो।
जसमा, बल्कबस्टर नेपाली फिल्म अवार्ड २०७८ मा रजत जयन्ती सम्मानबाट वरिष्ठ गीतकार डा. कृष्णहरि बराल,बरिष्ठ निर्माता निर्देशक दयाराम दाहाल र वरिष्ठ गायिका देविका वन्दनालाई प्रदान गरिएको छ। त्यसैगरी अखिल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा , पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ र पूर्व खेलाडी तथा भकुण्डो चलचित्रका निर्माता सुन्दर थापा क्षेत्री फुटबल बिधाबाट सम्मानित भएका छन्।
कोभिड १९ कोरोनाको महामारीका विचमा चलचित्र निर्माण गरि प्रदर्शन गरेका डेड दर्जन चलचित्रलाई सम्मान पत्र वितरण गरिएको छ भने यो बर्ष रिलिजभएको कुल २१ चलचित्रलाई उछिन्दै वर्ष उत्कृष्ट व्यवसायिक चलचित्रमा म यस्तो गीत गाउँछु बाट नायक पल शाह,नायिका पूजा शर्मा, निर्देशक सुदर्शन थापा,वितरक करण श्रेष्ठले सोही चलचित्रबाट ट्रफी प्राप्त गर्न सफल भएका छन। वरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्देशक मदन घिमिरे, अभिनेता आर पि पन्त, निर्माता तथा निर्देशक नरेश पौडेल, ख्यातिप्राप्त गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, निर्देशकज्ञानेन्द्र देउजा,कलाकार उत्तम केसी, निर्देशक सुभाष गजुरेल, प्रथम महिला चलचित्र वितरक सुनिता भट्टराई, चलचित्रकर्मी सरोज शर्मा पनि सम्मानित बनेका थिए।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा







तपाईको कमेन्ट लेख्नुहोस्