मनहरीबाट ३५ किलो लागूऔषध गाँजा सहित पाँच जना पक्राउ
मनहरी । मकवानपुरको मनहरीबाट प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले प्रतिबन्धित ३५ किलो लागूऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चितवनको राप्ती नगरपालिका १ बस्ने ११ वर्षीया सरोज तामाङ, २५ वर्षीय सूर्य बहादुर स्याङ्गो, २८ वर्षीया होमनाथ मुक्तान, २५ वर्षीया यमराज मुक्तान र २४ वर्षीया एबीलाल तामाङ रहेका छन् ।
उनीहरु सवार बा ८ ख ८१०६ नंम्बरको यात्रुवाहक बसलाई मनहरी गाउँपालिकामा ६ मा रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले एबी लाल तामाङ्को झोलाबाट लागुऔषध गाँजा ३५ किलो फेला पारेको थियो ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्