आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउन दुई हजार जनाको सहभागितामा पैदलयात्रा हुने
काठमाडौं । रोटरी क्लब अफ हिमालय पाटनले महिलाहरूमा देखिने आङ्ग खस्ने रोगबारे जनचेतना फैलाउन दुई हजार जनाको सहभागितामा पैदलयात्रा गर्ने भएको छ ।
भोलि शनिबार बिहान ललितपुरको मंगलबजारदेखि कीर्तिपुरस्थित उमा महेश्वर मन्दिरसम्म पैदलयात्रा गर्न लागिएको रोटरी क्लब अफ हिमालय पाटनले जानकारी दिएको छ । जनचेतनाको अभावले गर्दा आङ्ग खस्नेसम्बन्धी रोगको उपचार समयमै नपाउँदा ग्रामीण तथा शहरी महिलाहरू यो समस्याले पीडित भएको भन्दै ‘महिला स्वास्थ्यका लागि सम्पदा पैदलयात्रा’ नाराका साथ पैदलयात्रा गर्न लागिएको आयोजकको भनाइ छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी क्लबले दिएको जानकारी अनुसार पैदलयात्रामा दुई हजार जनाको सहभागिता रहने छ । यो जनचेतना अभियानबाट विद्यमान रोगबारे महिलाहरूमा जनचेतना फैलिनाका साथै समयमै उपचार पाउन सक्ने आयोजकको दाबी छ । विश्व स्वास्थ्य दिवसलाई लक्षित गरी संस्थाले यो अभियान सञ्चालन गर्न लागेको हो ।
भविष्यमा ग्रामीण तथा शहरी क्षेत्रमा स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै जाने क्लबले लक्ष्य लिएको छ । शिविरहरू सञ्चालन गर्दा हुने खर्च व्यवस्थापनका लागि पैदलयात्रामार्फत आर्थिक सहयोग जुटाउने क्लबको प्रयास रहने बताइएको छ ।
रोटरी क्लब अफ हिमालय पाटनको स्थापना रोटरी इन्टरनेशनल रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत १७ सेप्टेम्बर २००३ मा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित सामाजिक संस्था हो । संसारभरका २०० वटा देशमा ४ हजार ६०० भन्दा बढी यस्ता क्लब गठन भएका छन् । ति क्लबहरूमा ४६ हजार भन्दा बढी सदस्यहरू आवद्ध छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्