नाबालिकालाई यौन दुब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
चितवन । आफैंले पढाउने छात्रालाई यौन दुब्यवहार गरेको आरोपमा चितवन प्रहरीले दुई शिक्षकलाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नंम्बर १३ गंगानगरमा रहेको श्री माध्यमिक विद्यालयमा अध्ययनरत दुई नाबालिका छात्रालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही बिद्यालयका शिक्षक भरतपुर महानगरपालिका १३ बस्ने ५८ वर्षीया फणिन्द्र भट्टराई र ५२ बर्षीया शिक्षक बिमलप्रसाद देवकोटालाई पक्राउ गरेको हो ।
पक्राउ परेका शिक्षकद्वयले कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिका र कक्षा ६ मा अध्यनरत अर्का १२ वर्षीया नाबालिकलाई यौन दुर्व्यवहार गरेका थिए ।
उनीहरुले विभिन्न बहानामा विद्यार्थीहरुको शरीरका विभिन्न स्थानहरुमा हात लगाउने, संवेदनशील अङ्गमा सुम्सुम्याउने गरेको भनी नाबालिकाको तर्फबाट दुवैका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दरखास्त गरेका थिए ।
नाबालिकाहरुको तर्फबाट अभिभावकले जाहेरी दिएलगत्तै दुवै शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूउपर आज शुक्रबार सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले बिद्यालयभित्र बालबालिकामाथि हुने गरेका यौन दुब्यवहार जस्ता घट्नामा संलग्न शिक्षक माथि पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ । केही दिनअघि मात्रै प्रहरीले माडी नगरपालिकाका एक शिक्षकलाई समेत विद्यार्थीलाई यौन दुब्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्