मेरो गल्ती भयो भन्दै एमालेबाट माओवादीमै फर्किए हरि डल्लाकोटी
काठमाडौं । एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् ।
माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्र्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनी खुमलटारमा पुगेका थिए ।
खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको बताए ।
एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।
अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ, यसमा मेरो गल्ती भो, तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्, मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म दुई दिनमै घर फर्केको छु ।’
डल्लाकोटीको भनाइपछि अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो, अब काममा फर्कनुस् ।’
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्