बाराका असइ रमेश झाको धाक, भन्छन् : तपाईंले समाचार लेख्दैमा केही हुँदैन
काठमाडौं । मिटरब्याजमा प्रहरी नै सक्रिय भएको सम्बन्धि समाचार प्रकाशित भएपछि बाराका एक असईले पत्रकारिताको पाठ सिकाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा कायारर्त प्रहरी सहायक निरीक्षक रमेश कुमार झाले राम्रो पत्रकारिताको काम गर्नुपर्छ भन्दै पत्रकारिताको पाठ सिकाएका हुन् । उनलेे भनेका छन् : तनावसंग सामाना मान्छेले गर्छ, पशुले गर्दैनन् । तपाईंले पत्रकारिताको दुरुपयोग गर्नुभयो । हजुरले लेख्दैमा कार्वाही हुने भए अदालतको के काम ?

तपाईंले पत्रीकामा लेखेर कार्वाही हुँदैन, हवल्दार सन्तोष कुमार पाण्डेले क्लिनचिट पाउँन्छ, ढुक्क हुनु । अब २/४ दिनपछि सम्बन्धि निकायले पत्रीकामा लेखेको कुराको प्रमाण खोज्छ । मैले प्रमाण पठाएको छु, तपाईंलाई त्यो पढ्न आउँदैन ?

उनलेे महानगरीय ट्राफिक प्रहरी प्रभाग फर्पिङमा कायारर्त प्रहरी हवल्दार रमेश कुमार पाण्डेले मिटर ब्याजमा पैसा लगाई सो, पैसा उठाउन बर्दीको दुरुपयोग गरेको सम्बन्धि पीडितको भनाईका आधारमा (शनिबार) प्रकाशित एक समाचारलाई लिएर उनलेे केही समय देखी अनावश्यक रूपमा टेलिफोन गर्ने र म्यासेज पठाई दु:ख हैरानी दिने गरेका थिए ।
यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) दिलिप सिंह देउवाले भने आफुले ती प्रहरी कर्मचारीलाई सम्झाइसकेको र आगामी दिनमा उक्त घट्ना नदोहोर्याउनका लागी सचेत गराइसकेको बताए । तपाईं लगायत अर्का एक जना पत्रकारले पनि उहाँ असई झाको बिषयलाइ लिएर टेलिफोन गर्नुभएको थियो, मैले हाम्रो प्रहरी कर्मचारीलाई सम्झाइसकेको छु । अब देखी त्यस्तो हुन्न ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्