भण्डाराबाट लागुऔषध सहित एक जना पक्राउ
चितवन । चितवनको भण्डाराबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले हेटौंडा उपमहानगरपालिका १९ बस्ने ३८ वर्षका ज्ञानबहादुर स्याङ्बोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका स्याङ्बोको साथबाट प्रहरीले डाइजेपाम १०० एम्पुल, ब्युप्रिनर्फिन १०० एम्पुल र फेनारगन १०० एम्पुल फेला पारेको थियो । प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले शंकास्पद अवस्थामा हिंडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनीविरुद्ध लागू औषध ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई ईलाका प्रहरी कार्यालय खैरहनीबाट अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्