युवालाई सक्रिय बनाउनुनै मेरो राजनीतिक उदेश्य : प्रवेश बन्जारा
गोरखा
भिमसेनथापा गाउपालिका ३ मझिन्थोकका प्रवेश बन्जारा बिगत लामो समय यूरोपमा बसि भर्खरै नेपाल फर्किएका हुन।नेपाल आइ सामाज सेवामा लागेका उनी पर्यटन क्षेत्रमा आबद्ध छन । भुकम्पका बेला विभिन्न अन्तर्राष्ट्रिय दाता र आफ्नो साथिभाइ को सहयोगमा विभिन्न राहतका सामग्री घर-घरमा पुर्याय भने बिद्यालयहरुमा शैक्षिक सामग्री हरु सहयोग गरे।
कोभिडको-19 माहामारीम अत्यावश्यक अक्सिजन देखि विभिन्न स्वस्थ्य सामाग्री सहयोग गरे। सधैं घर घरमा गएर कैले खाद्यान्न ,कैले औसधि र बिद्यालयहरुमा शैक्षिक सामग्रीहरु सहयोग गरेका बन्जाराले भर्खरै अत्यावश्यक मकै छोडाउने मेसिन पनि वाडा न ३ का प्रत्येक घरलाई दान गरेका थिए । आफुलाइ सधै समाज सेवामा समर्पित गराएका बन्जारालाई नेपालको अस्थिर राजनीति ,अ-बैज्ञानिक एवम बिना योजना दुरुपयोग भएको राज्यको लागानी ,समाजको चरम गरिबी ,आर्थिक संकट अनि निराश युवाहरू देख्दा सधैं गम्भीर बनाउथ्यो।

सामाजसेवा गर्दा प्रत्येक बस्ती र घरमा पुगेका उनलाई समाजको दिगो परिवर्तन राजनीति र कुशल नेतृत्वले मात्रा गर्छ भन्ने थाहा छ। राजनीतिक पृष्ठभुमिका बन्जारालाई युवा सकृय भय मात्र कुशल नेतृत्व छान्न सकिने र दिगो बिकास पनि हुन्छ भन्ने लाग्छ। शनिबार नयाबजारको सगुन क्याफेमा एउटा रमाइलो परिवेश सिर्जना भयो कारण थियोे उनै प्रवेश बन्जारा। बन्जारा को बिशेश पहलमा भिमसेनथापा ३ का २२ जाना युवा आफ्नो निष्क्रिय राजनीति बाट सक्रिय राजनीतिमा प्रबेश गरे।

पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ , नेपाली काङ्ग्रेस गोरखा काठमाडौ सम्पर्क समितिका अध्यक्ष रामकृष्ण सिम्खडा लगयत विभिन्न नेता उपस्थित उक्त कार्यक्रम भिमसेनथापा ३ काठमाडौ सम्पर्क समितिले आयोजना गरेको थियोे । उक्त भेलाले होमनाथ अधिकारीलाई सर्बसम्मत अध्यक्ष बनाई गोर्खा काठमाडौं सम्पर्क समिति गठन गरेको थियोे।
सधै समाज सेवामा अग्रसर प्रवेश बन्जाराले आफ्नो अगुवाइमा निष्क्रिय राजनीति जिबन बिताएका एउटा ठूलो जमातको युवालाई सक्रिय राजनीतिमा लेराउन उल्लेखनीय भुमिका खेलेको भन्दै काङ्ग्रेस निकट सबै नेता-कार्यकर्ताले मुक्तकन्ठले प्रशंसा गरेका थिए । युवा र समाजलाई नजिकबाट नियालेका बन्जारा नेपाली काङ्ग्रेस पार्टी र नेताले उचित जिम्मेवारी दिय आफू पछी नहट्ने पनि बताए ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्