नेपालटार नजिकै ट्रकले किचेका तीन जनाको परिवारलार्इ ११/११ लाख क्षतिपूर्ति
काठमाडाैँको तारकेश्वर नगरपालिकामा ट्रकको किचेर मृत्यु भएका तीन जनाको परिवारले ११ लाखका दरले क्षतिपूर्ति पाउने भएका छन । मृतकको परिवारलार्इ तेस्रो पक्ष बीमा अन्तर्गतको पाँच लाख र सवारीधनीले प्रति मृतक ६ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको मृतकका अाफन्त पूर्णप्रसाद ढुंगानाले दैनिकीलार्इ जानकारी दिए । अाफन्त र परिवारका सदस्यले दिउँसभर महानगरीय प्रहरी वृत बालाजुमा सडक नै बन्द गरेर खबरदारी गरेपछि प्रहरीले गाडी धानीलार्इ बोलाएको ढुंगानाले बताए ।
लाइसेन्स समेत नभएका चालकले चलाएको ट्रकले किच्दा शुक्रबार दुर्इजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको थियो । शुक्रबार बिहान नेपालटार नजिकै लोलाङ हाइटमा ना २ ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारी र ६० वर्षीया सावित्री पुडासैनी रहेको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए । मृतक तिवारीद्धय गोरखा र पुडासैनी नुवाकोट स्थायी घर भएका मानिस हुन । डिएसपी कोइरालले साउनमा लाइसेन्सको ट्रायल दिएको चिट चालकबाट प्राप्त गरेको जानकारी दिँदै हदैसम्मको कानुनी कारबाहीका लागि प्रहरीले मुद्दा अघि बढाउने बताए ।
प्रदर्शनमा प्रहरीको बल प्रयोग
ट्रकले शुक्रबार बिहान नै किचेका एकको शब उठाउन स्थानीयले रोक लगाएर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थानीयले १० घण्टासम्म शव उठाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर शव उठाएको थियो । प्रहरीले बल प्रयोग गर्दा स्थानीय ६ जन घाइते भएका छन । उनीहरूको मनमोहन अस्पताल ठमेलमा उपचार भैरहेको छ । घाइते मध्येका एक रामप्रसाद उप्रेतीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्