खाँदबारी कप भलिबल प्रतियोगिताको उपाधि १ नम्बर वडालाई
संखुवासभा – खाँदबारी कपकाे उपाधि खाँदबारी १ नम्बर वडाले जितेकाे छ । मङ्गलबार भएकाे फाईनल खेलमा ९ नम्बर वडालाई हराउँदै १ नम्बर वडाले उपाधि जितेकाे हाे । खाँदबारी युथ क्लबकाे अायाेजनामा सम्पन्न वडास्तरीय खाँदबारी कप भलिवलमा १० टिम सहभागी थिए । प्रतियाेगितामा ७ नम्बर वडा तेसाे भयाे । खाँदबारी युथ क्लबले मृत्यु भएका पुराना खेलाडीकाे स्मृतिमा खाँदबारी कप आयाेजना गरेकाे क्लवका खेल संयोजक उल्लास बिसुन्खेले बताउनुभयो ।
प्रतियाेगितामा १ लर्जन बढि पुराना खेलाडीलाई सम्मान गरिएकाे छ । उत्कृष्ट खेलाडी १ नम्बर वडाका प्रदिप कट्टेल, बेस्ट डिफेन्स खादबारी ९ का प्रविन तामाङ, वेष्ट स्पाईकर ९ नवीन वस्नेत, वेष्ट ब्लकर खादबारी १ का भवानी बार्हकाेटीर वेष्ट सेटर खादबारी ९ का केशब राई, बेष्ट सर्भर खादबारी १ का दिलबहादुर कट्टेल घाेसित भए ।
विजयी टिमले नगद ८० हजार, उपविजेताले ५० हजार र तेस्राे हुनेले २५ हजार पुरस्कार पाएका छन् ।
क्याटेगोरी : खेलकुद, विशेष, समाचार
ट्याग : #hot, #खांदबारी युथ क्लब संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्