प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने
काठमाडौ ।नयाँ वर्ष २०७९ को अवसरमा आगामी २८ चैतबाट काठमाडौको नागार्जुन नगरपालिका– ४ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सव’ हुने भएको छ ।
नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन, ऐतिहासिक संम्पदाको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेस्यकासाथ १७ दिनसम्म आयोजना हुने सो महोत्सव आगामी १५ बैशाखसम्म चल्ने छ ।
रानीपाटी टोल सुधार समिति र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा हुने सो महोत्सवमा एकसय भन्दाबढीको स्टलहरु हुने छन भने दैनिक राष्ट्रिय चर्चित कलाकारहरुद्धार बेजोड साँगितिक प्रस्तुती हुने छ । यस महोत्सवको विशेष सहयोगी आयोजक संस्थामा नेपाल मेला महोत्सव संघ केन्द्रिय कार्यालय काडमाडौ रहेको छ ।
महोत्सवको तयारीबारे जानकारि दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव आयोजक समितिका संयोजक शेखर श्रेष्ठले यहाँका स्थानीय टोलवासी र व्यवसायीहरुको सक्रियता र नगरपालिकाको सहकार्यमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको बताए । उनले यो महोत्सव निकै आकर्षक हुने बताए ।
समितिका कोषाध्यक्ष अनिल ताम्राकारले १७ दिनसम्म चल्ने यस महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनले यो महोत्सवमा लाग्ने खर्च नागार्जुन नगरपालिका, स्थानीय व्यवसायी र टोलबासीबाट जुटाइने जानकारि दिए ।
महोत्सवको तयारीबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्थानीय रानीपाटी टोलसुधार समितिको सक्रियतामा हुन लागेको यो महोत्सव स्थानीय उत्पादन र यहाँका परम्परागत ऐतिहासिक साँस्कृतिक धरोहरको प्रवद्र्धन र प्रचार प्रसारमा निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।
उनले विशेषगरि यहाँका स्थानीय नेवार समुदायको पुरानो संस्कृति तथा झाँकी प्रदर्शन यो महोत्सवको मुख्य आकर्षण हुने जानकारि गराए । यो महोत्सवलाई यस नगरपालिकाले राम्रो आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेयर बस्नेतले भने, ‘ म निर्वाचत भएर आएपछि यो नगरपालिकामा धेरै पूर्वाधार विकासका काम सम्पन्न भएका छन । ’ उनले अहिले यस नगरपालिका भित्र ७ खर्ब रुपैयाँ लगानीमा एसियाकै पहिलो सबैभन्दा अग्लो राधा कृष्ण मन्दिर निर्माण हुन लागेको समेत जानकारि गराए । उनले काठमाडौ उपत्यकाभित्रका अन्य नगरपालिकाहरु भन्दा यो नगरपालिका पर्यटकीय, वातावरणीय र औद्योगीक क्षेत्रले सबैभन्दा उत्कृष्ट भइसकेको दावी गरे ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्