मध्यरातमा भण्डारा प्रहरी प्रमुख गिरीको एक्सन : ९१ केजी लागूऔषध (गाँजा) बरामद
चितवन । चितवन प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध (गाँजा) बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आइतबार राती ११ बजेको समयमा पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ११ गाल्दकस्थित सानुभाई चेपाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा ९१ केजी लागूऔषध (गाँजा) बरामद गरेको हो ।
सूचनाको आधारमा प्रहरी निरीक्षकको टोलीले रित्तपुर्वक रूपमा खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले लागूऔषध (गाँजा) बरामद गरेपनि घरधनी सानू भाइ चेपाङ्ग भने फरार रहेकोले उनको ब्यापक मात्रामा खोजतलास भईरहेको प्रहरीले जनाएको छ । यस बिषयमा चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले गाँजा ओसारपसार तथा सेवन गर्ने विरुद्ध सुक्ष्म तरिकाले निगरानी समेत गरिरहेको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारी बताउँछन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्