एमालेले माग्यो स्थानीय तह चुनावको घोषणापत्रमा सल्लाह र सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणापत्रमा सल्लाह र सुझाव माग गरेको छ ।
आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेको केन्द्रले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्न विषयका लागि सल्लाह र सुझाव माग गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।
सुझाव दिन चाहने हरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने उनले बताए । गुरुङका अनुसार सुझाव दिन चाहनेले partyhq@cpnuml.org मा इमेल गर्न सक्ने बताए ।
प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने उनले बताए । केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्