कमल थापाविरुद्ध प्रदीपविक्रम राणाले हाले मुद्दा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले मुद्दा हालेका छन् । राणाले आफूहरुको पार्टी थापालाई बुझाउनुको कुनै वैधानिकता नभएको भन्दै आएका छन् । पार्टीको वैधानिकताको विषय उच्च अदालत पुगेको हो । गत फागुन २९ गते पेशी तोकिएकोमा सरेको थियो ।
आइतबार फेरि पेशी तोकिएको छ । निर्वाचन आयोगले जवाफ नपठाएकाले पेशी सरेको राणाले बताए । राणाले निर्वाचन आयोग पनि कुनै स्वार्थमा रुमलिएको आरोपसमेत लगाएका छन् । थापाले आफूमाथि उठेका प्रश्नको जवाफ उच्च अदालतलाई दिइसकेका छन् ।
उनले अरुलाई उच्च अदालतमा लिखित जवाफ पठाएका हुन् । निवर्तमान अध्यक्ष लाक्पा तामाङसहित पदाधिकारी भनिएका अन्यलाई पनि थापाले उच्च अदालतमा पठाएको जवाफमा पार्टी कार्यालयमा कार्यरत भनेका छन् । लाक्पाले फागुन १ गते थापालाई पार्टी बुझाएका थिए ।
गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि विचलित बनेका थापाले माघ २५ गते गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए । थापा अध्यक्ष भएको वैध नभएको भन्दै राणाले उच्च अदालत पाटन पुगेर मुद्दा दायर गरेका हुन् । राणाले राप्रपा नेपाल आफूहरुको भएको पनि दाबी गरेका छन् ।
पार्टीमा कुनै निर्णय नै नभई तत्कालीन अध्यक्ष लाक्पा तामाङले थापालाई पार्टी बुझाएको उनको आरोप छ । ‘यो पार्टी हामीले बनाएका हौँ, लाक्पालाई मात्र एकलौटी निर्णय गर्ने अधिकार थिएन’ राणाले भने ‘खोई, के लोभले थापालाई पार्टी बुझाए भन्नेमा अझैसम्म अन्यौल छ, त्यहाँभित्र पनि धेरै चलखेल भयो भन्ने सुनिएको छ ।’ राणाले राप्रपा नेपालका सबैजसो पदाधिकारी आफूसँग नै भएको दाबी गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्